Radio Unity 92.2MHz

बझाङमा खोलाले बगाउदा एक वृद्ध बेपत्ता

बझाङः बझाङमा कालङ्गा खोलाले बगाउदा एक वृद्ध बेपत्ता भएका छन्। बुङ्गल नगरपालिका–२ बम्मरका ७२ वर्षीय चतुरे धामी सोही नगरपालिकाको १ नम्बर वडास्थित पौडी बजारबाट सोलागाउँ जाने क्रममा शुक्रबार साँझ कालङ्गा खोला तर्दा बगेर बेपत्ता भएका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार धामीको खोजतलासका र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित पाेष्टहरु
Loading...