Radio Unity 92.2MHz

आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प

काठमाडौं: हेटौंडामा चिकित्सक कुटिएको घटनाको विरोध गर्दै नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको छ ।

हेटौँडाको सन्चो अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको सांघातिक आक्रमणका दोषीलाई सरकारले कानूनी दायरामा नल्याएको भन्दै चिकित्सक संघ आन्दोलित भएको हो । संघले शनिबार विज्ञप्ति जारी गर्दै आइतबार देशभरका अस्पालहरुमा आकस्मिक बाहेक सबै सेवा ठप्प पार्ने जनाएको हो ।

आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द रहने पनि संघले जनाएको हो ।

विज्ञप्तिमा देशभरका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अविलम्ब मिलाउन समेत माग गरिएको छ।

भदौ २७ गते सञ्चो अस्पतालका चिकित्सकद्वय प्रशान्त विडारी र विकास थापामाथि गत महिना उपचारका क्रममा मृत्यु भएका विरामीका आफन्तले आक्रमण गरेका थिए ।

थापा र बिडारीमाथि भएको आक्रमणका दोषीलाई कानूनी दायरामा ल्याउन भन्दै संघले घटना भएकै दिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो ।

सम्बन्धित पाेष्टहरु
Loading...