Radio Unity 92.2MHz

क्रेष्ट माइक्रो लाइफ इन्सोरेन्सको डडेल्धुरामा शाखा बिस्तार

डडेल्धुराः क्रेष्ट माइक्रो लाइफ इन्सोेरेन्स कम्पनीले डडेल्धुरामा नयाँ उपशाखा कार्यालय विस्तार गरेको छ। नेपाल बीमा प्राधिकरणबाट लघुबीमा कम्पनीको लाईसेन्स पाएको कम्पनीले डडेल्धुराको तुफानडाँडा बजारमा शाखा विस्तार गरि व्यवसायीक कारोबार सुरु गरेको हो।

शाखा प्रमुख लक्ष्मण पाण्डेयले लघु जीवन बीमा न्यून आय भएकाहरुको लागि अति आवश्यक रहेको हुँदा यस लघु जीवन बीमाले सबैलाइ समेट्न सक्ने विश्वास लिएको बताए।

पाण्डेयले एक कार्यक्रमका बीच बीमाको महत्त्वको बारेमा प्रकास पारेका छन्। पाण्डेयले गाउँका गरिब जनताको माँझमा स–साना बीमा सेवा पुर्याउने उद्देश्यले स्थापना भएका लघुजीवन बीमा कम्पनीहरुको आगमनसँगै बीमाको दायरा अझै बृद्धि हुने दाबी गरेका छन्।

उक्त अवसरमा बीमा अभिकर्ता तालिम समेत सम्पन्न भएको छ। कम्पनीले आयोजना गरेको तालिममा उपस्थिती अभिकर्ताहरुलाई लघुबीमा अभिकर्ताको विषयमा शाखा प्रमुख लक्ष्मण दत्त पाण्डेयले प्रशिक्षण दिएका थिए ।

सम्बन्धित पाेष्टहरु
Loading...