Radio Unity 92.2MHz

बैतडीमा भिरबाट लडेर २७ वर्षीया युवतीको मृत्यु

बैतडीः बैतडीमा भिरबाट लडेर एक युवतीको मृत्यु भएको छ। जिल्लाको डिलासैनी गाउँपालिका ४ फलेडी बस्ने २७ वर्षीया गोमा नेगीको मृत्यु भएको हो। पुर्चौडी नगरपालिका १ कोपिखेत बस्ने आफ्नो श्रिमानको दिदी  जेठी सासु  नाता पर्ने जानकी धानुकको घरमा घरायसी काममा सहयोग गर्न गएकीमा पुर्चौडी नगरपालिका १ नेटा स्थित खर काट्ने क्रममा बुधबार दिउँसो भिरबाट लडेर गोमा गम्भिर घाईते भएकी थिइन्।

घाइते भएकी गोमालाई पुर्चौडी स्वास्थ्य चौकीमा उपचार पश्चात थप उपचारको लागि धनगढी ल्याउने क्रममा सोही राति बाटो मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

सम्बन्धित पाेष्टहरु
Loading...