Radio Unity 92.2MHz

बझाङ भूकम्प गएको महिनाभन्दा बढी बित्यो तर पाएनन् राहत

बझाङ: गत असोज १६ गते बझाङ केन्द्रबिन्दु बनाएर दुईपटक भूकम्प गएको थियो। पहिलोपटक २ बजेट ४० मिनेटमा जिल्लाको तलकोट केन्द्रबिन्दु बनाएर ५.३ र दोस्रोपटक चैनपुर आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियोे।

सोही भूकम्पमा परेर बझाङमा एकजनाको मृत्यु भयो भने, सुदूरपश्चिमभर २७ जना घाइते भए। यस्तै भूकम्पले बझाङ, बाजुरा, अछाम र बैतडीमा ७६ वटा निजी घर पूर्ण रूपमा भत्किएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। यस्तै ३०१ घरमा आंशिक क्षति पुगेको बताइएको छ।

भूकम्पपछि असोज १९ गते दलबलसहित बझाङ पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्प पीडितहरुलाई तत्काल अस्थायी आवास निर्माण गर्न प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका थिए। प्रधानमन्त्री दाहालले सरकारका तर्फबाट पीडितहरुको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि १४ बुँदे घोषणा गरेका थिए।

प्रभावित अन्य परिवारलाई १५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म तत्काल राहत उपलब्ध गराइने प्रधानमन्त्री दाहाले प्रतिवद्धता जनाएका थिए। तर, भूकम्प गएको एक महिनाभन्दा बढी भइसक्दा पनि पीडितहरुले अस्थायी घर बनाउन सरकारको तर्फबाट एक रुपैयाँ पाएका छैनन्। जबकी त्यो भूकम्पपछि जाजरकोट केन्द्रबिन्दु बनाएर अर्को भूकम्पसमेत गइसकेको छ।

 

सम्बन्धित पाेष्टहरु
Loading...