Radio Unity 92.2MHz

प्रधानमन्त्री प्रचण्डलाई लगाइयो १० किलोको माला

धनगढीः कैलालीको धनगढीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाईलाई १० किलोको माला लगाइएको छ। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढी उपमहानगरपालिका–१ मा शुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटना समारोहमा माओवादी पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई १० किलोको माला लगाइएको हो।

महोत्सवको प्रधानमन्त्री दाहालले उदघाटन गरेका हुन्। सो अवसरमा उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले १० बुँदे मागसहित प्रधानमन्त्रीलाई १० किलोको माला लगाएका छन्।

कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना गर्दै आएको छ। शुक्रबार महोत्सवको १७ औं संस्करणको अवसरमा प्रधानमन्त्री दाहाललाई १० बुँदे मागपत्र बुझाइएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...