बैतडी: बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको सरुवा भएको छ। गृहमन्त्रालयले पन्थीसहित १६ जना सहसचिवको सरुवा गरेको हो। पन्थीलाई बैतडीबाट नवलपरासीे पश्चिमको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरेको हो । २०७९ जेठमा प्रमुख जिल्ला अधिकारीको रुपमा बैतडीका आएका पन्थीको डेढ बर्षपछि सरुवा भएको हो ।
पन्थीको बैतडीबाट सरुवा गरेको भएपनि बैतडीको सिडिओमा कसलाई पठाउने भन्ने बारेमा केही निर्णय भएको छैन् । आइतबार सम्ममा बैतडीमा आउने नयाँ सिडिओको टुंगो लाग्ने सम्भवना रहेको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए ।
बैतडीमा आउने सिडिओको टुंगो लागेपछि मात्रै प्रमुख जिल्ला अधिकारी पन्थी बैतडीबाट नवलपरासी पश्चिम जाने बुझिएको छ ।