Radio Unity 92.2MHz

पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं :  हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशका सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू -भागमा मौसम सामान्यतया सफा रहेको छ। साथै तराईका स्थानहरुमा हुस्सुरकुहिरो लागेको अवस्था छ।

आज दिउँसो पहाडी भेगमा आंशिक देखि सामान्य बदली र बांकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। महाशाखाका अनुसार दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति पहाडी भेगमाआंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रही गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...