Radio Unity 92.2MHz

नेपाल राष्ट्रिय शिक्षक संगठन सुदूरपश्चिमको अध्यक्षमा धमला, भाट बने कोषाध्यक्ष

डडेल्धुराः नेपाल राष्ट्रिय शिक्षक संगठन सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा खगेन्द्र धमला निर्वाचित भएका छन्।

धनगढीमा आइतबार बिहान सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट कमलाकुमारी भण्डारीलाई हराउँदै धमला अध्यक्षमा निर्वाचित भएका हुन्।

धमलाले १४१ मत ल्याउँदा भण्डारीले १२० मत पाइन्। समितिको उपाध्यक्ष मदनराज यादव (समावेशी), प्रयागराज धामी (खुला) र मञ्जु कुँवर (महिला) चयन भएका छन्।

यस्तै, महासचिवमा गणेशबहादुर कठायत, उपमहासचिवमा लोकराज न्यौपाने, सचिवमा चन्द्रकला शाह (महिला) तथा कोषाध्यक्षमा गणेशबहादुर भाट चुनिएका छन्। धमलाको अध्यक्षतामा ३९ सदस्यीय प्रदेश समिति गठन भएको हो।

पदाधिकारी र सदस्यको नामावली

सम्बन्धित पाेष्टहरु
Loading...