Radio Unity 92.2MHz

डडेल्धुरा जेसीज वर्ष २०२४ को अध्यक्षमा ऐर

डडेल्धुराः डडेल्धुरा जेसीज वर्ष २०२४ को अध्यक्षमा लक्ष्मीकुमारी ऐर सर्वसम्मत चयन भएकी छन्। मंगलबार जिल्ला सदरमुकाममा सम्पन्न साधारण सभामार्फत् ऐर अध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन्।

यस्तै, कार्यकारिणी उपाध्यक्षमा दिनेशप्रसाद पनेरु र सिन्धु बोहरा अवस्थी तथा उपाध्यक्षमा बसन्तराज पाण्डेय, गोविन्द भट्ट, सन्जीवबहादुर र सरस्वती पनेरु भट्ट चुनिएका छन्। कानुनी सल्लाहकार, महासचिव र कोषाध्यक्षमा अध्यक्षले मनोनित गर्ने जनाइएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...