डडेल्धुराः नेपाली कांग्रेस डडेल्धुराले वेबसाइट सञ्चालनमा ल्याएको छ। सूचना र प्रविधिसँग जोड्न कांग्रेस डडेल्धुराले आइतबारदेखि ‘नेपाली कांग्रेस डडेल्धुरा डट् ओआरजी’ वेबसाइट सञ्चालनमा ल्याएको हो।
‘समुदायमा कांग्रेस अभियान’को सुभारम्भसँगै वेबसाइट पनि सञ्चालनमा ल्याइएको जिल्ला सभापति भीमबहादुर साउँदले जानकारी दिए।
अभियानको शुभारम्भ गर्दै सभापति साउँदले अभियानको सफलताका लागि सबैले आ–आफनो क्षेत्रमा क्रयाशील भएर लाग्नुपर्ने बताए।
कांग्रेस डडेल्धुराले प्रदान गर्ने सूचना–सन्देश, टोल, वडापालिका, प्रदेशसभा क्षेत्र र जिल्ला कार्यसमितिमा विवरण राख्न, भातृ तथा शुभेच्छुक संघसंस्थाको कार्य समितिको विवरण, विधान, दस्तावेज, घोषणपत्र, पार्टीबाट जननिर्वाचित प्रतिनिधिहरूको विवरण वेबसाइटबाट सहजै हेर्न सकिने पार्टीले जनाएको छ।