बझाङः बझाङमा बादरको आतंकले किसानले हैरानी खेप्नुपरेको छ। बाली पाक्नु अगाडिनै खाएर नष्ट पार्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन्।
थलारा गाउपालिकाको बिभिन्न वडा र अन्य पालिकाहरुमा लगाइएको गहु, दलहन बाली यतीबेला बादले खाएर सखाप पारिरहेको स्थानीयले बताए। गँहुको गुवा आउने समयमै खाएर बादरले हैरान पारेको थलारा गाउँपालिका ४ का स्थानीय कृष्णबहादुर सिहले जानकारी दिए।
पानी नपर्दा केहि गँहु लगाएतका बाली सुकेर गएको र बाँकी रहेको समेत बादरले खान थालेपछि समस्या भएको उनले बताए ।