Radio Unity 92.2MHz

बैतडीमा जंगली बँदेलको आतंक बढ्दै

बैतडी:  बैतडीमा जंगली बँदेलको आतंक बढेको छ । जसले गर्दा स्थानीयबासिन्दाहरु त्रसित बनेका छन् । चालु आर्थिक बर्षमा मात्रै जंगली बँदेलको आक्रमणबाट चार जना घाइते भइसकेका डिभिजन वन कार्यालयको तथ्यांक छ ।

मानवबस्ती नजिकै जंगली बँदेलले उनीहरुलाई आक्रमण गरेर घाइते बनाएको डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी मदनप्रसाद जोशीले बताए ।

उनले भने ‘पछिल्लो समयमा जंगली बँदेलले मानिसमाथि आक्रमणका घटना बढेका छन् । यो बर्षमात्रै चारजनामाथि जंगली बँदेलले आक्रमण गरेको छ।’जंगली बँदेलको आक्रमणबाट २३ ओटा पशुचौपाया क्षति पुगेको डिभिजन वन कार्यालयको तथ्यांक छ ।

जंगली बँदेलले मानवबस्तीमै पसेर आक्रमण गर्न थालेपछि स्थानीयहरुमा त्रास बढेको पाटन नगरपालिका वडा नं ५ की वडा सदस्य पार्वती चन्दले बताइन् ।

सम्बन्धित पाेष्टहरु
Loading...