धनगढी : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कैलाली आउने भएका छन्। एमालेको जिल्ला अधिवेशनको उद्घाटनका लागि ओली आइतवार कैलाली आउने भएका हुन्।
नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन आइतवारबाट कैलालीको सुखडमा सुरु हुँदै छ। एमाले अध्यक्ष ओलीले जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
बर्दगोरिया गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन पछि एमाले अध्यक्ष ओलीले जिल्ला अधिवेशन उद्घाटन गर्ने छन्। जिल्ला अधिवेशनको लागि एमाले अध्यक्ष ओली आजै काठमाडौँबाट आउँदै छन्।
नेकपा एमाले कैलालीको आइत र सोमवार जिल्ला अधिवेशन हुँदैछ। अधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने एमाले कैलालीले बताएको छ। जिल्लाको नेतृत्व लिन तीन पक्षबिच आन्तरिक सङ्घर्ष चलीरहेको छ। जिल्लाको नेतृत्व आफ्नो पक्षमा पार्न एमालेका तीन केन्द्रीय नेताहरू लबिङ गरिरहेका हुन्।
आफू निकटका नेतालाई जिल्ला अध्यक्ष बनाउन उनीहरूबिच रस्साकस्सी चलीरहेको छ। एमाले कैलालीको नवौं अधिवेशनको दिनसम्म प्रतिस्पर्धा झन् रोचक बनेको छ।