Radio Unity 92.2MHz

डडेल्धुरा महोत्सवमा पुष्कल शर्माको क्रेज (फोटो फिचर)

  • केशव भण्डारी

डडेल्धुरा : लोकप्रीय गायक पुष्कल शर्मा जब छैटौं डडेल्धुरा महोत्सव पुगे सम्पूर्ण दर्शक ध्यान उनी तर्फ नै खिचियो। गायक शर्मा लाखौँ दर्शकको मन मुटुमा बसेका बहुचर्चित एक कलाकार हुन।

उनी जुन महोत्सवमा पुग्छन त्यहाँ कुनै न कुनै दर्शक उनको गीत सुनेर भावुक  नै बन्ने गर्दछन। पछिल्लो समयमा युवा युवतीहरु प्रेम सम्बन्धमा गाँसिने, र बीचमै बिछोड हुने क्रम बढ्दै गएको छ।

गायक शर्माले पनि यहीँ पेरिफेरीमा केन्द्रीत रहेर गीत गाउँदा दर्शक झनै उनी तर्फ आकर्षक हुने गएका छ्न। शुक्रबार  छैटौं  डडेल्धुरा महोत्सव  पुगेका गायक शर्मा थुप्रै गीत गाए।

जसमध्ये उनले सुरुमा “मुटु जलाई जलाई…, तिम्रो थर मेरो थर, एउटै बनाउ घर…, यी गीत गाउँदा थुप्रै युवा युवती भावुकनै बने। उनले भावुक मात्र बनाएन्न सालेजो बोलको गीत गाएर दर्शकलाई छमछमी नचाए।

साथै, शुक्रबार गायक सर्मा सँगै हास्य कलाकार हेम राज अधिकारी (खन्टे खलास) भिम विष्ट (अछामी रेखा) उद्घोषिका उमा देबी खनाल, मोडेल डान्सर सीमा खड्का तथा स्थानीय कलाकारहरुको समेत प्रस्तुति राखेका थिए।

सुदूरपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन कला संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं  छैटौं  डडेल्धुरा महोत्सव २०८०’ जारी छ। फागुन २४ गतेदेखि सुरु भएको महोत्सव चैत ४ गतेसम्म जिल्ला सदरमुकामको अमरगढी नगरपालिका ४ टुँडिखेलमा चल्ने छ।

महोत्सवमा टिकट शुल्क एक सय रुपैयाँ तोकिएको छ। विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ भने ७० वर्षमाथिका ज्येष्ठ नागरिक तथा क र ख वर्गका अपाङ्गता भएका नागरिकलाई प्रवेश शुल्क निःशुल्क गरिएको छ।

थप तस्बिर हेर्नुहोस्ः

 

  • तस्बिरः प्रकाश विसी
सम्बन्धित पाेष्टहरु
Loading...