Radio Unity 92.2MHz

उदयदेव सहकारीद्वारा उत्पादन गरिएको चामल बजारमा

डडेल्धुरा : सुदूरपश्चिम प्रदेश कञ्चनपुरको एक सहकारीले उत्पादन गरेको चामल बजारमा बिक्री वितरण शुरु गरेको छ।

भीमदत्त नगरपालिका १८ महेन्द्रनगरमा रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले उत्पादन गरेको चामल बजारमा बिक्री वितरण शुरु गरेको हो ।

एक वर्ष अघि मात्रै उदयदेव बहुउद्देश्यीय सहकारीले भीमदत्त नगरपालिका १९ बागफाँटामा चामल उद्योग स्थापनाका लागि प्रशोधन उद्योग खोलेको थियो।

उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्ध निर्देशक गणेश बहादुर चन्दले सहकारीले सञ्चालन गरेको उदयदेव प्रशोधन केन्द्र मिलबाट उत्पादन गरिएको चामल बिक्री वितरण शुरु गरिएको बताए।

उनका अनुसार महेन्द्रनगर केन्द्रीय कार्यालय नजिकै खाद्यान्न बिक्री केन्द्र सञ्चालन गरेर बिक्री वितरण गरिएको बताए।यस पटकको धान सिजनमा २ हजार ३५८ क्विन्टल धान खरिद गरेर चामल उत्पादन गरेर बिक्री शुरु गरिएको बताए ।

‘सरकारले तोकेकै सर्मथन मूल्य प्रतिकिलो ३२ रुपैयाँमा हामीले किसानबाट धान खरिद गरेका थियौँ, ‘उनले भने, ‘त्यही धान हामीले प्रशोधन गरेर चामल उत्पादन गरेका छौँ ।’

बजारमा मध्यम मोटा चामलको न्यूनतम ६० रुपैया किलो भएपनि उदयदेवले प्रतिकिलो ५३ रुपैयाँका दरले बिक्री वितरण गरिरहेको बताए ।

सम्बन्धित पाेष्टहरु
Loading...