Radio Unity 92.2MHz

सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारी नियुक्त

धनगढीः सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दल नेता दीर्घबहादुर सोडारी नियुक्त भएका छन्।

प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। साेडारीले नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र एक जना स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

यसअघि गत आइतबार नेपाली का‌ंग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र एमाले-माओवादीको समर्थनमा नाउपाकै कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

प्रदेश प्रमुख मियाँले दुवै दाबीका आधारमा निष्कर्षमा पुग्न नसकिएको भन्दै पुनः मुख्यमन्त्रीमा दाबी आह्वान गरेका थिए। साेडारीले आजै शपथ लिनेछन्।

सम्बन्धित पाेष्टहरु
Loading...