Radio Unity 92.2MHz

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

धनगढीः सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार साँझ प्रदेश प्रमुख नाजिर मियाँले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

उनले बिहीबार नै नेकपा एमाले (१०), नेकपा माओवादी केन्द्र (१०), एकीकृत समाजवादी (४), नागरिक उन्मुक्तिका (२) र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए।

सम्बन्धित पाेष्टहरु
Loading...