डडेल्धुरा: डडेल्धुराबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
परशुराम नगरपालिका–५ परिगाउँस्थित परशुरामधाम सडक खण्डबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी ५७ हजार ४५४ मूल्य बराबरको सामान बरामद गरिएको हो।
उक्त मूल्य बराबरको चिनी, बिडी, पेय पदार्थ, चक्लेट, चप्पललगायतका सामान प्रहरी चौकी शीर्षबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको डडेल्धुरा प्रहरीले जनाएको छ।