Radio Unity 92.2MHz

परशुराम नगरपालिकाको बजेट ६५ करोड ७१ लाख

डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि  ६५ करोड ७१ लाख ६२ हजारको बजेट ल्याएको छ। नगर सभाको १५औं अधिवेशनमा नगर उपप्रमुख विमलाकुमारी बोहरा महताले बजेट प्रस्तुत गरेकी हुन्।

नगरपालिकाले आन्तरिक आय २ करोड १० लाख प्रक्षेपण गरेको छ भने संघ सरकारबाट वाडफाँड भई प्राप्त हुने राजश्व १३ करोड ८७ लाख ९९ हजार ९ सय ९९ अनुमान गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारबाट राजश्व बाँडफाँडमा ४३ लाख ९२ हजार, नेपाल सरकारबाट प्राप्त वित्तीय समानिकरण अनुदान ११ करोड ३४ लाख, ९२ हजार सुदूरपश्चिम प्रदेस सरकारबाट प्राप्त वित्तीय समानिकरण १ करोड २ लाख ५२ हजार, संघ सरकारबनट सर्शत अनुदान ३२ करोड ७८ लाख ९६ हजार, प्रदेस सरकारवाट शर्सत अनुदान ५१ लाख, ६० हजार प्रदेस समपुरक २ करोड २२ लाख, ५३ हजार र प्रदेस विशेष अनुदान ८५ लाख स्राेत समावेश गरेको उपप्रमुख महताले प्रस्तुत गरेको बजेटमा उल्लेख छ।

सम्बन्धित पाेष्टहरु
Loading...