Radio Unity 92.2MHz

बसको ठक्करबाट कञ्चनपुरमा पैदलयात्रीको मृत्यु

कञ्चनपरः कञ्चनपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

जिल्लाको कृष्णपुर नगरपालिका– ७ का ५२ वर्षीय मोहन खडकाको बसको ठक्ञ्चकरबाट मृत्यु हो। कार्की कटान स्थित वडा कार्यालय अगाडी अत्तरियाबाट शान्तिपुरतर्फ आउदै गरेको ना ५ ख ३४९१ नम्बरको बसले सोही ठाउँ शान्तिपुर बस्ने पैदल यात्री खडकालाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बस चालक सोही ठाउँका २८ वर्षीय सुरेन्द्र बोहरालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...