Radio Unity 92.2MHz

डडेल्धुरामा अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइने

डडेल्धुरा: ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस डडेल्धुरामा पनि विविध कार्यक्रम आयोजना गरेर मनाइने भएको छ। आज (बिहीबार) अमरगढी नगरपालिका महिला तथा बालबालिका शाखाले सरोकारवालासँगको छलफलमा उक्त जानकारी दिएको हो।

‘सबै महिला र बालिकाको लागि समानता र सशक्तीकरण’ भन्ने मुल नाराका साथ १५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ। मार्च ८ अर्थात् फागुन २४ गते अमरगढी नगरपालिकाको हलमा उक्त कार्यक्रम हुन लागेको जनाएको छ। जसअनुसार बिहान १० बजे डडेल्धुरा बसपार्कबाट याली सुरु भएर तुफानडाँडा हुँदै नगरपालिकाको हलमा आउने कार्यक्रम छ। अन्तर मावि छात्रा वक्तृत्वकाला प्रतियोगिता, म्युजिक चियर, घैटो फुटाउने, विभिन्न व्यक्ति सम्मान र अन्तिममा देउडा प्रतियोगिता हुनेछ।

कार्यक्रम सम्पन गर्नको लागि सामाजिक विकास कार्यालयले १० हजार, रुडुक डडेल्धुराले १० हजार, एकीकृत विकास समाजले १० हजार, किशोरी संरक्षण मञ्चले ५ हजार, जीवान संरक्षणा केन्द्रले ५ हजार र महिला उद्यमी संघले ५ हजार सहयोग गरेको महिला तथा बालबालिका शाखा प्रमुख इन्द्रा रावलले जानकारी दिइन्।

अन्तर्राष्ट्रिय महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छ। महिला हक, अधिकार, सशक्तीकरण एवं लैङ्गिक समानताका लागि आवाज उठाउँदै विश्वभरि एक शताब्दीभन्दा बढी समयदेखि महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आइएको छ।

श्रमबारे उठेको आन्दोलनलाई संयुक्त राष्ट्रसङ्घले वार्षिक कार्यक्रमका रूपमा अन्तर्राष्ट्रिय महिला दिवसको मान्यता दिएको थियो। लैङ्गिक समानता हासिल गर्न महिला तथा बालिकाको सुरक्षा र सामाजिक संरक्षणको पूर्ण प्रत्याभूतिका सार्थ सभ्य र न्यायपूर्ण समाज निर्माण गर्न, महिलाका अधिकार र सशक्तीकरणका सवालमा आवाज बुलन्द गर्न, महिलाको सहभागिता, विभेद, असमानताका सवालमा जुलुसले सहयोग पुग्ने विस्वास लिएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...