डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित आइन्स्टाइन पब्लिक स्कुलले विद्यार्थी र शिक्षकको निःशुल्क आँखा चेकजाँच गरेको छ। बिहीबार विद्यालयले ५२५ जना विद्यार्थीको आँखा जाँच गरेको हो।

डडेल्धुरा आँखा उपचार केन्द्रको सहयोगमा विद्यार्थीको आँखा जाँच गरिएको विद्यालयका प्रन्सिपल रामप्रसाद अवस्थीले जानकारी दिए। उनका अनुसार ५२५ जना विद्यार्थी र २८ जना शिक्षक शिक्षिकाको आँखा जााच गरिएको हो।

विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै आँखा चेकजाँच गरिएको उनले बताए। विद्यालयले समय–समयमा विद्यार्थीहरूको स्वास्थ्य चेकजाँचसँगै विभिन्न शैक्षिक तथा खेलकुद गतिविधिमा समेत जोड दिँदै आएको आएको छ।