Radio Unity 92.2MHz

आइन्स्टाइन पब्लिक स्कुलले विभिन्न कार्यक्रम गरी मनायो वार्षिकोत्सव

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित आइन्स्टाइन पब्लिक स्कुलले १०औं वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ।

शुक्रबार वार्षिकोत्सव तथा अभिभावक र महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको जन्मजयन्तीको अवसरमा सामाजिक सेवाअन्तर्गत डडेल्धुरा अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ।

यसका साथै महेन्द्र मावि खलंगा र जनज्योती प्रावि आदित्यपुर डडेल्धुराका (कक्षा १–५ सम्म) दलित, गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको प्रन्सिपल रामप्रसाद अवस्थीले जानकारी दिए।

साथै स्कुल परिसरमा उत्कृष्ट अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थीलाई सम्मानसहित प्रमाणपत्र प्रदान गरिएको छ। वार्षिकोत्सवका अवसरमा सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...