डडेल्धुरा: डडेल्धुरामा ब्याडमिन्टन प्रतियोगिता सुरु गरिएको छ। सामाजिक विकास कार्यालय डडेल्धुराको आयोजनामा ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो।
प्रतियोगिताको कार्यक्रमकी प्रमुख अतिथि सुदूरपश्चिम सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले उद्घाटन गरिन्। उनले खेलकुद सबै तह र तप्काका लागि भएकाले यसले डडेल्धुरामा रहेका कर्मचारीहरूको माया सद्भाव र मित्रता बढाउने विश्वास व्यक्त गरिन्।
जिल्ला सदरमुकाममा रहेका निजामती कर्मचारीहरूका लागि सो प्रतियोगिता आयोजना गरिएको सामाजिक विकास कार्यालयले जनाएको छ। निजामति कर्मचारीहरूबीच चिनजनका सथै एकआपसमा मित्रता बढाउनका लागि प्रतियोगिता आयोजना गरिएको कार्यालयका निमित्त प्रमुख राधाकृष्ण जोशीले बताए।
कर्मचारी मिलन केन्द्रका अध्यक्ष करुणाकर अवस्थीले सदरमुकामका लागि मात्रै खेलकुद राखेकोले विभिन ठाउँबाट धेरै गुनासाहरू आएकोले अगामी दिनमा यस्तो नगरिदिन आग्रह गरे।
आयोजकका अनुसार १६ टिमले प्रतियोगितामा सहभागित जनाएका छन्। ब्याडमिन्टनको विजेता जोडीले १२ हजार र उपविजेता जोडीले ८ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।
सान्त्वना जोडीलाई ५ हजार पुरस्कारको व्यवस्था गरिएको छ। कार्यक्रमका अध्यक्ष प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यापाने रहेका थिए। प्रतियोगिता शनिबार सकिनेछ।