Radio Unity 92.2MHz

डडेल्धुरामा महिला भलिबल : उपाधिका लागि भोलि चुरे र नौगाड भिड्ने

डडेल्धुराः डडेल्धुरामा जारी द्वारिकादेवी ठकुरानी सुदूरपश्चिम प्रदेश अन्तर पालिकास्तरीय महिला भलिबल प्रतियोगिताअन्तर्गत भोलि आइतबार दुई वटा खेल हुने भएका छन्।

जिल्ला भलिबल संघ डडेल्धुराको आयोजनामा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा आइतबार दुई खेल हुने भएका हुन्। तृतीय स्थानको लागि परशुराम नगरपालिका र अमरगढी नगरपालिकाबीच बिहान ९ः३० बाट सुरु हुने जनाइएको छ।

उपाधिका लागि नौगाड गाउँपालिका दार्चुला र चुरे गाउँपालिका कैलाली भिड्नेछन्। यी दुई टिमबीचको खेल मध्याह्न १२ बजेबाट सुरु हुने जिल्ला भलिबल संघ डडेल्धुराका अध्यक्ष राजेन्द्रबहादुर ठगुन्ना बताए।

डडेल्धुराका तीन, बैतडी, दार्चला र कैलालीका एक/एक गरी ६ टिमको सहभागिता रहेको थियो। सहभागी टिम मध्ये नवदुर्गा गाउँपालिका र पाटन नगरपालिका बाहिरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख १११ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ। यस्तै द्वितीयले ५१ हजार १११ रुपैयाँ र तृतीयले २५ हजार १११ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। अमरगढी नगरपालिका–४ टुँडिखेलमा भइरहेको प्रतियोगिता भोलि समापन हुनेछ।

सम्बन्धित पाेष्टहरु
Loading...