डडेल्धुरा: आर्थिक अभावका कारण डडेल्धुराको परशुराम नगरपालिका–२ की ५३ वर्षिय टीकादेवी साउँदको उपचारमा समस्या भएको छ। पाठेघरको क्यान्सर रोगबाट पीडित साउँदको आर्थिक अभावका कारण उपचार गर्न निकै समस्य भएको हो।
आठ महिनाअघि मात्रै पाठेघरमा क्यान्सर भएको थाहा पाएपछि उनको अहिले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार भइरहेको छ। एक पटक किमो समेत चढाइएको छ। शुरुमा रोग पत्ता लगाउन र उपचारमा भौँतारिदा करिब रु २ लाख लाख खर्च भएको थियो भने क्यान्सर भएको थाहा पाएपछि भरतपुरमा मात्रै पाँच लाख खर्च भइसकेको उनका छोरा उमेशबहादुर साउँदले बताए। आझै उपचार गर्न ६ देखि ९ लाख रुपैयाँसम्म लाग्ने अस्पताल जनकारी दिएको उनका श्रीमान् डम्बरसिंह साउँदले बताए।
श्रीमतीको उपचार गराउँदा गराउँदै आफूसँग भएको पैसा सकिएकाले अहिले उपचारमा समस्या भएको उनको भनाइ छ। साउँदलाई फेरि पनि किमो चढाउनुपर्ने र त्यसका लागि पैसा नभएपछि उनी अस्पतालको बेडमा मृत्युसँग लडिरहेकी छन्। उनलाई त्यति मात्रै होइन अहिले दुवै मिर्गौलामा गम्भीर समस्या देखिएकोले शल्यक्रिया गर्नुपर्ने भएको परिवार स्रोतले जनाएको छछ।
थप उपचार गर्न नसकिने भएपछि उनका छोरा उमेशबहादुरले उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका छन्। सहयोगका लागि उमेशबहादुर साउँदको नाममा राष्ट्रिय वाणिज्य बैंक शाखामा रहेको खाता नम्बर ४३००१००००११६९१०४ मा रकम जम्मा गर्न सकिनेछ। यसका साथै ईसेवा वा क्युआर कोड स्क्यान गरेर पनि सहयोग गर्न सकिने परिवारले जनाएको छ।
यस्तै, साउँदको उपचारमा आर्थिक सहयोग गर्न चाहनेले उनका छोराको मोबाइल नम्बर ९८६५८३५६०० मा समेत सम्पर्क गरी आवश्यक सहयोगसमेत गर्न सक्नेछन्।

