डडेल्धुरा: नेकपा (एमाले) निकट अनेरास्ववियु जिल्ला कमिटी डडेल्धुराले अधिवेशन आयोजक समिति गठन गरेको छ। सोमबार सम्पन्न जिल्ला भेलाले योगेन्द्रबहादुर साउँदको संयोजकत्वमा १५ सदस्यीय अधिवेशन आयोजक समिति गठन गरेको हो।
समितिको सह–संयोजकमा सुजित बोहरा चयन भएका छन्। यस्तै, सदस्यहरूमा काजल विक, रमेश घर्ती, नीरज भुल, चाँदनी मल्ल, यदबी भट्ट, आयुश मल्ल, सुरज नाथ, वसन्त विक, दिनेश बोहरा, सन्दीप साउँद, दिनेश ताम्राकार, ललिता नेपाली र आयुश सुनार रहेका छन्।
भेलामा संगठनका केन्द्रीय सदस्य तथा डडेल्धुरा इन्चार्ज कृष्ण धामी, एमाले जिल्ला कमिटी अध्यक्ष गजेन्द्र शाही, सचिवालय सदस्य इन्द्रबहादुर महरा, विद्यार्थी फाँट इन्चार्ज पुष्कर देउवा र निवर्तमान अध्यक्ष गणेश क्षेत्रीको उपस्थिति रहेको थियो।
समितिले २०८२ मंसिर मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ।
