डडेल्धुरा: डडेल्धुराका दुई प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुरा अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत इन्स्पेक्टर डम्बर विष्ट र इलाका प्रहरी कार्यालय जोगबुढाका इन्स्पेक्टर सुरज रोकायाको सरुवा भएको हो।
प्रहरी प्रधान कार्यालयले विष्टको इलाका प्रहरी कार्यालय सडकपुर, कैलाली सरुवा गरेको छ। उनको स्थानमा इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरमा कार्यरत इन्स्पेक्टर भास्कर चन्द आउने भएका छन्।
यस्तै, इन्स्पेक्टर रोकायाको जिल्ला प्रहरी कार्यालय कैलाली शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखामा सरुवा भएको छ। उनको ठाउँमा जिल्ला प्रहरी कार्यालय बाजुरा अपराध नियन्त्रण तथा अनुसन्धान शाखाबाट इन्स्पेक्टर देवबहादुर चौधरी जोगबुढा आउने भएका छन्।
असोज २८ गते प्रहरी महानिरीक्षकको निर्णयअनुसार कात्तिक महिनादेखिको तलबभत्ता सरुवा भएको दरबन्दीबाट पाउनेगरी प्रहरी प्रधान कार्यालयले एकैपटक ६६५ इन्स्पेक्टरको सरुवा गरेको हो।