Radio Unity 92.2MHz

डडेल्धुरामा जिप दुर्घटना हुँदा पाँचजना घाइते

डडेल्धुरा: डडेल्धुरामा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

शनिवार मध्याह्न १२ बजे डोटीबाट डडेल्धुरा आउँदै गरेको लुम्बिनी प्रदेश ०१००१ च ३३०१ नम्बरको बलेरो जिप केआईसिंह राजमार्गअन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ मछलीखोलामा सडकमै पल्टिएको हो।

जिप दुर्घटना हुँदा डोटीको सायल गाउँपालिका–५ की १७ वर्षीया लाली साउँद, १८ वर्षीया लक्ष्मी साउँद, १९ वर्षीया अपेक्षा साउँद, १९ वर्षीय मदन साउँद र १६ वर्षीय केशव साउँद घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको बताइन्छ।

सम्बन्धित पाेष्टहरु
Loading...