डडेल्धुराः जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनार्दन गौतमको सरुवा भएको छ।
छोटो समयमै राम्रो छाप छोडेका गौतमको गृह मन्त्रालयले आइतवार जिल्ला प्रशासन कार्यालय कपिलवस्तु सरुवा गरेको छ।
डडेल्धुरा आएको चार महिनामै सिडिओ गौतमको सरुवा भएको हो। गुल्मीमा कार्यरत सहसचिव सिडिओ गौतम (२०८२ असार ११ गते) देखि जिल्ला प्रशासन डडेल्धुरामा हाजिर भएका थिए।
गृह मन्त्रालयले उनको ठाउँमा कसैलाई पनि डडेल्धुरा पठाएको छैन। प्रायः एक वर्षमा सिडिओको सरुवा हुने भएपनि गौतमको चार महिनामै सरुवा भएको छ।
राम्रो काम गरिरहेका सिडिओको चाँडै सरुवा हुनु र नयाँ प्रजिअ नपठाउनुले डडेल्धुराको प्रशासनिक काममा असर पर्न सक्ने देखिएको छ।