Radio Unity 92.2MHz

डडेल्धुरामा जातीय भेदभाव मुद्दाका फरार प्रतिवादी पक्राउ

डडेल्धुरा: डडेल्धुरामा जातीय भेदभाव मुद्दाका एकजना फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत डडेल्धुराको फैसलाले जातीय विभेद भेदभाव मुद्दामा २ महिना १४ दिन कैद सजाय र ३० हजार जरिवाना तोकिएको भागेश्वर गाउँपालिका–४ आर्कुडाका ४२ वर्षीय लालसिंह भाट पक्राउ परेका हुन्।

भाटलाई बुधबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको जनाइएको छ।

जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय ऐनले कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव गरेमा तीन महिनादेखि तीन वर्ष कैद र ५० हजारदेखि दुई लाखसम्म जरिवाना हुन सक्ने व्यवस्था छ।

सम्बन्धित पाेष्टहरु
Loading...