Radio Unity 92.2MHz

डडेल्धुराको आलिताल र जिल्ला सदरमुकाममा ‘घुम्ती किम्फ’ चलचित्र फेस्टिभल हुने

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिका र जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) को संस्करण ‘घुम्ती किम्फ’ आयोजना हुने भएको छ।

आज मंसिर १४ गते आलिताल गाउँपालिका र मंसिर १६ गते अमरगढी नगरपालिकामा ‘घुम्ती किम्फ’ आयोजना हुने आयोजक किम्फ फाउन्डेसनले जनाएको छ।

कार्यक्रममा सामाजिक विषयवस्तुमा आधारित छोटो फिल्म, डकुमेन्ट्री, कार्यशाला, बहस र छलफलका सत्र हुनेछन्। पहिलो प्रदर्शनीमा ‘छउ’ जस्ता वृत्तचित्र, सुदूरपश्चिमकी महिलाले बनाएका फिल्म, नेपाल प्यानोरमा र महोत्सवबाट छानिएका कथाहरू प्रदर्शन गरिनेछ। दोस्रो सत्रमा कथावार्ता र तेस्रो सत्रमा प्यानल छलफल आयोजना हुनेछ।

यसैगरी मंसिर १८ मा अछामको मालिका विद्यालय र १९ मा तुर्माखाद कालिकेश्वरी माविमा कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ। यसअघि कैलालीको धनगढी बहुमुखी क्याम्पस र कञ्चनपुर सुदूरपश्चिम विश्वविद्यालयमा कार्यक्रम सम्पन्न भइसकेको छ।

फेस्टिभलले सुदूरपश्चिमका युवा, फिल्मकर्मी र समुदायलाई चलचित्रमार्फत सामाजिक चेतना बढाउने अवसर प्रदान गर्ने विश्वास आयोजकको छ।

सम्बन्धित पाेष्टहरु
Loading...