Radio Unity 92.2MHz

डडेल्धुरामा उज्यालो नेपाल पार्टीको कमिटी गठन, संगीता भण्डारी बनिन् अध्यक्ष

डडेल्धुराः डडेल्धुरामा उज्यालो नेपाल पार्टीको जिल्ला कमिटी गठन गरिएको छ।

शनिबार जिल्ला सदरमुकाममा उज्यालो नेपाल पार्टीका नेता तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला भेलाले नयाँ कमिटी गठन गरेको हो।

भेलाले संगीता भण्डारीको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ। भण्डारी अमरगढी नगरपालिकाकी निवर्तमान उपप्रमुख हुन्। कमिटीको उपाध्यक्षमा खडकबहादुर थापा र तेजबहादुर चुनारा, सचिवमा सुरेन्द्र मल्ल र सहसचिवमा राजन कैनी र जसमिन भट्ट चयन भएका छन्।

त्यस्तै कोषाध्यक्षमा अन्जु ताम्राकारलाई जिम्मेवारी दिइएको छ। सदस्यहरूमा छत्रराज जोशी, हरिसिंह भण्डारी, देवदत्त भट्ट, रोशनी ताम्राकार, राजेन्द्र जैशी, नविन धामी, टंकप्रसाद अवस्थी, सर्शीकला धामी, कविराज अवस्थी, शान्ती साउँद, डम्बर भट्ट, सारीका लुहार, मदनराज पनेरु, लालबहादुर बुढाएर, नरबहादुर पाल, दुर्गा पाठक र राजेन्द्र पाण्डेलगायत चयन भएका छन्।

जेन्जीलाई प्राथमिकता दिएर कमिटी गठन गरिएको पार्टीले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...