डडेल्धुराः डडेल्धुरामा तरुल खन्न गएकी एक महिलाको भिरबाट लडेर ज्यान गएको छ।
जिल्लाको अजयमेरु गाउँपालिका–२ बसनास्थित ४५ वर्षीया पार्वती ऐर बिहीबार तरुल खन्न जंगल गएकी बेला भिरबाट लडेर बसना खोलाको तालमा परेकी थिइन्।
घटनापछि रातभर स्थानीयले खोजी तथा उद्धार प्रयास गरे पनि शव निकाल्न सफल हुन सकेनन्। शुक्रबार बिहान सशस्त्र प्रहरी बलको सहयोगमा उनको शव पानी तालबाट निकालिएको जनाइएको छ ।
अजयमेरु गाउँपालिका–२ का वडाध्यक्ष शिवराज भट्टका अनुसार स्थानीयले खरखेत तालबाट शव निकाल्ने प्रयास गरेपनि सफल हुन नसकेपछि सशस्त्र प्रहरीको सहयोग लिनु परेको हो । घटनापछि बसना गाउँ शोकमा डुबेको छ। मृतक पार्वतीका दुई छोरी र दुई छोरा छन्।