डडेल्धुरा: डडेल्धुरा अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझामाथि भएको दुर्व्यवहारको घटनापछि अवरुद्ध बनेका अस्पतालका सबै सेवा पुनः सुचारु गरिएको छ।
बुधबार धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट कम्युनिस्ट युवा संगठन नेपालले ओझालाई कार्यकक्षमै कालोमोसो दलेको थियो। त्यसपछि अस्पताल विकास समितिले प्रेस विज्ञप्ति जारी गर्दै आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो।
बिहीबार बसेको सरोकारवालाहरूको बैठकले दिउँसो २ बजेदेखि अस्पतालका सबै सेवा सञ्चालन गर्ने निर्णय गरेको हो। सेवाग्राही र बिरामीको अवस्थालाई ध्यानमा राख्दै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीको मनोबल उच्च राख्ने उद्देश्यले अस्पतालका सम्पूर्ण सेवा पुनः सुचारु गर्ने निर्णय गरिएको जनाइएको छ।
जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारी, अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालगायतको उपस्थितिमा बसेको बैठकले अध्यक्षम ओझााथि दुर्व्यवहार भएको घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही गर्ने पनि निर्णय गरेको छ।
साथै, आगामी दिनमा यस्ता अराजक गतिविधि दोहोरिन नदिन अस्पताल परिसर तथा आसपास सुरक्षा सतर्कता कडा बनाउने र कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्तै स्थानीय प्रशासनलाई जानकारी गराउने निर्णय गरिएको छ।
निर्णयहरू–
