डडेल्धुरा: डडेल्धुरा जेसीज वर्ष २०२६ को अध्यक्षमा दिनेशप्रसाद पनेरु निर्विरोध चयन भएका छन्। निर्वाचन समितिका अनुसार पनेरु अध्यक्षमा निर्विरोध चयन भएका हुन्।
यस्तै, नयाँ कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा रमेशप्रसाद भट्ट र दीपकराज भट्टराई निर्विरोध निर्वाचित भएका छन्। उपाध्यक्षमा टेकराज जोशी, योगेश बोहरा, नितेश बोहरा र सुजित बोहरा निर्विरोध चयन भएको निर्वाचन आयुक्त लक्ष्मीकुमारी ऐरले जानकारी दिइन्।
नवनिर्वाचित अध्यक्ष पनेरुले संस्थालाई थप सक्रिय, प्रभावकारी र युवामैत्री बनाउँदै सामाजिक सेवाका कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।