Radio Unity 92.2MHz

उनेपाका केन्द्रीय सदस्य जोशी रास्वपामै रहने !

धनगढी: उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. ताराप्रसाद जाेशीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकताको पक्षमा आफू रहेको बताएका छन्।

ज्यालो नेपालले रास्वपासँगकाे एकता भंग भएकाे भन्दै कुलमान घिसिङलाई अध्यक्ष घाेषणा गर्ने निर्णय गरेलगत्तै जाेशीले रास्वपासहितका नेताहरूसँग छलफल गरेका हुन्।

छलफलका क्रममा उनले उज्यालो नेपालका १५ देखि २० जना सदस्य एकताकै पक्षमा उभिने ब्रिफिङ गरेकाे उनीनिकट स्रोतले जनाएको छ।

जाेशी उज्यालो नेपालमा अध्यक्षपछि केन्द्रीय सदस्यकाे दोस्रो वरीयतामा थिए। उनी सुदूरपश्चिम प्रदेशसभा सदस्य हुन्। जोशी डडेल्धुराबाट स्वतन्त्र निर्वाचित भएका थिए।

सम्बन्धित पाेष्टहरु
Loading...