Radio Unity 92.2MHz

उज्यालो नेपाल पार्टी पनि फुट्यो, २० केन्द्रीय सदस्य लगेर डा. जोशी रास्वपातिर

डडेल्धुरा: नवगठित उज्यालो नेपाल पार्टी (उनेपा) गम्भीर आन्तरिक संकटमा फसेको छ। पार्टी स्थापना भएको केही समयमै विभाजन हुँदै २० जना केन्द्रीय सदस्यसहित ता डा. ताराप्रसाद जोशी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तिर लागेका छन्।

पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. जोशीको नेतृत्वमा भएको यो सामूहिक पलायनले उज्यालो नेपाल पार्टीको केन्द्रीय संरचनामै गहिरो धक्का पुगेको छ। डा. जोशी उज्यालो नेपाल पार्टीका वार्ता संयोजक एवं दोस्रो वरीयताका नेता हुन्।

उनेपाले निर्वाचन आयोगमा आयोगमा बुझाएको ५१ जनाको नामावलीमध्येका २० जना सदस्य रास्वपातिर जोशीनिकट स्रोतले जनाएको छ। डा. जोशीले राजनीतिमा नयाँ संस्कार, पारदर्शिता र जवाफदेहिताको पक्षमा उभिन आफूहरूले यो निर्णय गरेको बताए।

यसअघि उनेपाका संरक्षक रहेका कुलमान घिसिङले दुई साताअघि रास्वपासँग एकता घोषण गरेका थिए। तर, उक्त एकता शनिबार एकाएक भङ्ग भएपछि भएको छ।

सदस्य रास्वपातिर लागेका २० जना केन्दीय सदस्य हाल आन्तरिक छलफलमा जुटेको बताइएको छ। जोशी डडेल्धुराबाट स्वतन्त्र निर्वाचित भएका थिए।

सम्बन्धित पाेष्टहरु
Loading...