Radio Unity 92.2MHz

डडेल्धुराबाट प्रतिनिधिसभा लड्दै क्रान्ति, पाए नेकपाको आधिकारिक टिकट

डडेल्धुरा: नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य मानसिंह माल ‘क्रान्ति’ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीको टिकट पाएका छन्।

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपाले माललाई आधिकारिक उम्मेदवारका रूपमा अघि सारेको हो। लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेका माललाई पार्टीले अनुभवी र संघर्षशील नेताका रूपमा टिकट दिएको जनाएको छ।

टिकट पाएसँगै मालले डडेल्धुरामा संगठन सुदृढ गर्दै जनताको मुद्दालाई संसद्सम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। नेकपाले यसपटक डडेल्धुरामा बलियो उम्मेदवार उठाएकाले जित्ने दाबीसमेत गरेको छ।

यसअघि नेकपा डडेल्धुराले मालसहित महिलातर्फ निरादेवी जैरु र अन्यतर्फ अनिल बोहरा तथा जेन्जीतर्फ मुकुन्द भट्टको नाम सर्वसम्मतरूपमा केन्द्रमा सिफारिस गरेको थियो ।

केन्द्रीय सदस्यसमेत रहेका नेता माललाई संसदीय दौडमा बलियो उम्मेदवारका रूपमा अघि सारेको बुझिएको छ। जिल्लाको परशुराम नगरपालिका-४ कटाल स्थायी घर भएका माल १० वर्षे सशस्त्र युद्धसमेत लडेका थिए।

सम्बन्धित पाेष्टहरु
Loading...