डडेल्धुरा: जिल्लाको परशुराम नगरपालिका–९, सतघाटका ब्लड क्यान्सरपीडित हरि बोहराको उपचारमा आर्थिक संकटमा परेको छ। उनी हाल काठमाडौँस्थित वीर अस्पतालमा उपचाररत छन्।
चिकित्सकले उनलाई ब्लड क्यान्सर भएको पुष्टि गरेपछि निरन्तर उपचार आवश्यक रहेको छ। तर उपचार खर्च अत्यधिक बढ्दै जाँदा बोहराको परिवार गम्भीर आर्थिक संकटमा परेको हो।
घरपरिवारमा एक्लो छोरा रहेका बोहरा तीन जना साना बालबालिकाका अभिभावक हुन्। परिवारको सम्पूर्ण जीविकोपार्जनको जिम्मेवारी उनकै काँधमा रहँदै आएको थियो। अहिले बिरामी भएर अस्पतालको शय्यामा रहँदा आम्दानीको स्रोत बन्द भएको र उपचार खर्च धान्न नसक्ने अवस्थामा पुगेको परिवारले जनाएको छ।
यस कठिन अवस्थामा बोहरा परिवारले सबै दाजुभाइ, दिदीबहिनी, आफन्तजन तथा सहयोगी मन भएका महानुभावहरूलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गरिदिन हार्दिक अपिल गरेको छ। सानो सहयोगले पनि एक जीवन बचाउनुका साथै तीन साना बालबालिकाको भविष्य सुरक्षित गर्न ठूलो योगदान पुग्ने उनको नातेदार दीपकबहादुर बोहराले बताए।
तल दिएको क्यूआरमार्फत् सहयोग गर्न सकिन्छ–
