Radio Unity 92.2MHz

आलितालबाट रास्वपा उम्मेदवार जोशीको घरदैलो अभियान सुरु

डडेल्धुरा: फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डडेल्धुराका उम्मेदवार डा. तारा जोशीले घरदैलो अभियान सुरु गरेका छन्।

अभियानको सुरुवात सोमवार आलिताल गाउँपालिकाको गोदाम बजारबाट गरिएको हो। स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उम्मेदवार जोशीले भित्री मधेस क्षेत्रका विभिन्न समस्या, आवश्यकता र जनचासोका विषयमा कुराकानी गरेका थिए।

 

घरदैलो कार्यक्रमका क्रममा स्थानीयले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य सेवा र सडक पूर्वाधारका विषयमा आफ्ना धारणा राखेका थिए।

अभियान टोलीले आगामी दिनहरूमा डडेल्धुराका विभिन्न बस्ती तथा टोलहरूमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्ने जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...