Radio Unity 92.2MHz

एमाले डडेल्धुराले बनायो चुनावी अभियानलाई तीव्र, भागेश्वरमा अगुवा कार्यकर्ता भेला सम्पन्न

डडेल्धुरा: प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेकपा (एमाले) डडेल्धुराले चुनावी अभियानलाई तीव्र बनाएको छ। यसैक्रममा एमालेले आज (शनिवार) भागेश्वर गाउँपालिकामा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ।

भेलामा बोल्ने पार्टीका नेताहरूले आगामी निर्वाचनलाई परिवर्तन र स्थायित्वको लडाइँको रूपमा व्याख्या गर्दै एमाले उम्मेदवार चक्रप्रसाद स्नेहीलाई विजयी गराउन सबै नेता–कार्यकर्तालाई घरदैलो अभियानलाई अझ सशक्त बनाउन निर्देशन दिएका थिए।

कार्यक्रममा स्थानीय तहदेखि केन्द्रीय तहसम्मका पार्टी नेता, युवा तथा महिला संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। नेताहरूले जनताको अपेक्षा, विकासका अधुरा काम र भावी योजनाबारे स्पष्ट धारणा राख्दै एमाले नै डडेल्धुराको समृद्धिको भरपर्दो शक्ति भएको दाबी गरेका थिए।

उनीहरूले मतदातासँग प्रत्यक्ष भेटघाट, सुझाव संकलन र जनसम्पर्कलाई अभियानको मुख्य आधार बनाइने बताएका छन्। उम्मेदवार स्नेहीले डडेल्धुराको विकास, रोजगारी सिर्जना, सडक, स्वास्थ्य र शिक्षाको सुधारलाई आफ्नो प्रमुख एजेण्डा बनाएको उल्लेख गर्दै जनताको साथ र विश्वासले आफूलाई थप उत्साहित बनाएको बताए।

एमालेले अबका दिनमा वडा–वडामा भेला, घरदैलो र अन्तरक्रियालाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...