Radio Unity 92.2MHz

डडेल्धुराका अभिषेकको उपचारमा समस्या, सहयोगका लागि अपिल

डडेल्धुरा: डडेल्धुराका १२ वर्षीय बालक अभिषेक भट्टको उपचारमा समस्या भएको छ। सानै उमेरमा आमा गुमाएका भट्टको खेल्ने क्रममा टाउकोमा गम्भीर चोट लागेको थियो।

परिवारको आर्थिक अवस्था कमजोर भएकाले भट्टको स्वास्थ्य उपचारमा समस्या आएको छ। भट्टकी कान्छी आमा पार्वती पनेरु भट्टका अनुसार चिकित्सकले टाउकोमा गम्भीर चोट लागेको र मस्तिष्कको शल्यक्रिया गर्नुपर्ने बताएका छन्।

‘शल्यक्रिया तत्काल गर्न नसके बच्चाको जीवन जोखिममा पर्ने चिकित्सकले बताएका छन्,’ उनले भनिन्, ‘उपचार खर्च महंगो हुँदा समस्या भएको छ।’

उनले उपचारका लागि सक्दो सहयोगका गरिदिन सम्पूर्णमा अपिल पनि गरेकी छिन्। भट्टको जीवन रक्षाका लागि अभियान नै चलाइएको छ। उक्त अभियानमा सहयोग गर्न हुन ९८६२४७८८१९ नम्बरमा सम्पर्क गर्न र तपशीलको क्यूआरमा रकम पठाउन सकिने परिवारले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...