डडेल्धुराः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. ताराप्रसाद जोशीले अग्रता कायमै राखेका छन्।
परशुराम नगरपालिकाका १२ वटै वडाका कूल ११ हजार ९१९ मत गणना हुँदा जोशीले ४ हजार ४०५ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नैनसिंह महरले २ हजार ७९० मत पाएका छन्। जोशी महरभन्दा १ हजार ६१५ मतले अगाडि रहेका छन्।
यसैगरी नेकपाका मानसिंह मालले २ हजार ५७६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका चक्रप्रसाद स्नेहीले १ हजार १७९ मत ल्याएका छन्। हालसम्म ६९० मत बदर भएको छ। मतगणना जारी रहेको छ। अब आलिताल गाउँपालिकाको मत गणना गरिने जनाइएको छ।