Radio Unity 92.2MHz

नेकपा उम्मेदवार मालको चुनावी खर्च २५ लाख ७ हजार, कुन शीर्षकमा कति ?

डडेल्धुरा: प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिएका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) डडेल्धुराका उम्मेदवार मानसिंह मालले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगद्वारा स्वीकृत आचारसंहिताअनुसार उनले चुनावी अभियानमा गरेको खर्च विवरण सार्वजनिक गरेका हुन्। सार्वजनिक विवरणअनुसार मालले चुनावमा कुल २५ लाख ७ हजार १४८ रुपैयाँ खर्च गरेका छन्।

खर्च विवरणमा उम्मेदवार मनोनयन दर्तामा १० हजार रुपैयाँ, सवारी साधन भाडा तथा इन्धनमा ४ लाख ७७ हजार रुपैयाँ, वडास्तरीय प्रचारप्रसार तथा कार्यकर्ता प्रशिक्षणमा ७ लाख ९२ हजार ३ सय रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

त्यसैगरी ७ वटा स्थानीय तहमा सम्पर्क कार्यालय स्थापना तथा व्यवस्थापनमा १ लाख ६० हजार रुपैयाँ, प्रचारप्रसार सामग्री झण्डा, ब्यानर, नमुना मतपत्र, प्रतिबद्धता पत्र, स्टिकरलगायत छपाइमा ४ लाख ८६ हजार रुपैयाँ खर्च गरिएको विवरणमा जनाइएको छ।

गोष्ठी तथा कार्यकर्ता परिचालन र व्यवस्थापनमा १ लाख ५२ हजार ६९८ रुपैयाँ, सामाजिक सञ्जाल व्यवस्थापन तथा सञ्चार खर्चमा ९८ हजार १५० रुपैयाँ, जिल्ला सचिवालय सञ्चालन तथा स्टेस्नरी व्यवस्थापनमा १ लाख ५० हजार रुपैयाँ खर्च भएको उल्लेख छ।

यसैगरी वडास्तरीय प्रचारप्रसार समितिका लागि खाना तथा खाजा व्यवस्थापनमा १ लाख ४५ हजार रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख गरिएको छ।
उम्मेदवार मालले निर्वाचनसम्बन्धी कानुनी प्रावधानअनुसार सम्पूर्ण खर्च विवरण सार्वजनिक गरेको बताए।

यस्तै उनले चुनावी अभियानका लागि विभिन्न व्यक्ति तथा नातेदारबाट २५ लाख ७ हजार ९६६ रुपैयाँ सहयोग तथा ऋण सहयोग प्राप्त भएको विवरण पनि सार्वजनिक गरेका छन्।

खर्च विवरण– 

सहयोग तथा ऋण विवरण–

सम्बन्धित पाेष्टहरु
Loading...