Radio Unity 92.2MHz

अजयमेरु–६ मा सञ्चालित एकीकृत स्वास्थ्य शिविरमा २०० जना लाभान्वित

डडेल्धुरा: अजयमेरु गाउँपालिका–६ मा एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। अजयमेरु गाउँपालिकाको आयोजनामा आज सम्पन्न भएको शिविरबाट २०० जना सेवाग्राही लाभान्वित भएका छन्।

शिविरमा विभिन्न स्वास्थ्य सेवाहरू प्रदान गरिएको गाउँपालिकाले जनाएको छ। शिविरअन्तर्गत जनरल चेकजाँच तथा उपचार (ओपिडी) सेवा १२९ जनाले लिएका छन् भने भिडियो एक्सरे (युएसजी) सेवा २५ जना र इसीजी सेवा ४ जनाले प्राप्त गरेका छन्।

त्यसैगरी दन्त उपचार सेवा ३१ जनाले लिएका छन्। शिविरमा १५८ जनालाई निःशुल्क औषधि वितरण गरिएको छ भने १३ जनाले प्रयोगशाला (ल्याब) सेवा लिएका छन्। साथै १०८ जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ भने ३२ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ।

आँखाको शल्यक्रिया आवश्यक रहेका २२ जना बिरामी पहिचान गरिएको गाउँपालिकाले जनाएको छ। त्यसैगरी VIA Screening सेवा ३८ जना महिलाले लिएका छन् भने ६० जनाले आयुर्वेदिक स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

गाउँपालिकाका अनुसार एकीकृत स्वास्थ्य शिविर कार्यक्रम भोलि अजयमेरु गाउँपालिका–५ स्थित देवल स्वास्थ्य चौकीमा सञ्चालन गरिनेछ।

सम्बन्धित पाेष्टहरु
Loading...