Radio Unity 92.2MHz

गन्यापधुरा गाउँपालिकाले ल्यायो ४८ करोड ३८ लाख बढीको बजेट

डडेल्धुरा: डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४८ करोड ३८ लाख ८७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

बुधवार आयोजित गाउँसभामा उपाध्यक्ष ज्ञानुकुमारी सेटी देउवाले ४८ करोड ३८ लाख ८७ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन्। प्रस्तुत बजेटमध्ये चालुतर्फ २९ करोड ५८ लाख ८६ हजार ९ सय रुपैयाँ र पुँजीगततर्फ १८ करोड ८० लाख १ सय रुपैयाँ विनियोजन गरिएको छ।

गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, खानेपानी, सामाजिक सुरक्षा तथा डिजिटल सुशासनलाई प्राथमिकतामा राख्दै बजेट ल्याएको उपाध्यक्ष देउवाले बताइन् ।

यसअघि गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यी क्षेत्रलाई विकासको मुख्य आधार बनाउने घोषणा गरेको थियो।

उपाध्यक्ष देउवाका अनुसार हालसम्म २६५ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ भने ‘एक घर–एक धारा’ कार्यक्रममार्फत ७५ प्रतिशत घरधुरीमा स्वच्छ खानेपानी सेवा विस्तार गरिएको छ। यस्तै, १५० रोपनी बाँझो जमिनलाई खेतीयोग्य बनाइएको उनले बताएकी छन् ।

आर्थिक विकास, सेवा प्रवाहको प्रभावकारिता र ग्रामीण पूर्वाधार विस्तारलाई केन्द्रमा राखेर बजेट कार्यान्वयन गरिने गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले बताए ।

सम्बन्धित पाेष्टहरु
Loading...