Radio Unity 92.2MHz

डडेल्धुराका सीडीओ वलीको सरुवा, फुयाल आउँदै

डडेल्धुराः डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीको सरुवा गरिएको छ। गृह मन्त्रालयले उनको ठाउँमा वेदराज फुयाललाई नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा पठाउने निर्णय गरेको छ।

गृह मन्त्रालयले भदौ १८ गते गरेको निर्णयअनुसार डडेल्धुराका सीडीओ वलीलाई जिल्ला प्रशासन कार्यालय, बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको हो।

वलीको स्थानमा अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा वरिष्ठ अध्यागमन अधिकृतका रूपमा कार्यरत वेदराज फुयाललाई राजपत्र द्वितीय श्रेणीको प्रमुख जिल्ला अधिकारीका रूपमा डडेल्धुरा पठाइएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...