Radio Unity 92.2MHz

पूर्व नगरप्रमुख ओझाद्वारा भूमिराज प्राविमा साढे ५५ हजारको अक्षयकोष स्थापना

डडेल्धुरा: अमरगढी नगरपालिकाका पूर्व नगरप्रमुख विशेश्वरप्रसाद ओझा (विपिन) ले भूमिराज प्राथमिक विद्यालय बागचौरमा ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्।

शुक्रबार कुशेऔँशीको अवसर पारेर विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक गतिविधिमा सहयोग पुगोस् भन्ने उद्देश्यले पूर्व नगरप्रमुख ओझाले अक्षयकोष स्थापना गरेका हुन्।

यसअघि पनि उनले भागेश्वर माध्यमिक विद्यालय टाँटरमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए।

विद्यालयको शैक्षिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले व्यक्तिगत रूपमा अक्षयकोष स्थापना गर्दै आएका पूर्व नगरप्रमुख ओझाले आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक गतिविधिलाई निरन्तरता दिने बताए।

सम्बन्धित पाेष्टहरु
Loading...